अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले के...
२०७५ पुस २ गते सोमबार/आजको राशिफल

२०७५ पुस २ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस २ गते। सोमबार। इश्वी सन् २०१८ डिसेम्बर १७ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– दशमी, २८:०२ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क...
मैतिदेवीमा प्रान आरएफएलको अत्याधुनिक शोरुम

मैतिदेवीमा प्रान आरएफएलको अत्याधुनिक शोरुम

काठमाडौं, १ पुस।  प्रान आरएफएल ग्रुपले राजधानीको मैतिदेवीमा घरायसी सामग्रीको अत्याधुुनिक शोरुम सुरु गरेको छ । अन्तराष्ट्रिय स्तरको क्वालिटि भएका आधुनिक फर्निचरहरुको शोरुम राजधानीको मुटु मैतिदेवीको मैतिदेवी प्लाजामा सुरु गरिएको हो । आधुनिक फर्निचर शोरुमको नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले उद्घाटन गर्दै नेपालमा बंगलादेशका उत्पादनले राम्रो बजार लिएको बताइन् । उनले प्रानले आफ्ना ग...
झापामा बिहान र बेलुका टिपर चलाउँन प्रतिबन्ध

झापामा बिहान र बेलुका टिपर चलाउँन प्रतिबन्ध

बनियानी, १ पुस । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्...
धनकुटामा बुद्धिचाल प्रतियोगिता सम्पन्न

धनकुटामा बुद्धिचाल प्रतियोगिता सम्पन्न

धनकुटा, १ पुस । धनकुटा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा सुमन श्रेष्ठ प्रथम, रमेशचन्द्र अधिकारी द्धतिय र हेमकुमार राई तृतिय भएका छन् । श्रेष्ठले ५, अधिकारीले ४ र राईले ३ अंक प्राप्त गरेको आयोजकले जनाएको छ । उनीहरुले अव राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन् । विजयी खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले नगदस...
इलाममा लगानी सम्मेलन हुने

इलाममा लगानी सम्मेलन हुने

मङ्गलवारे, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर...
२०७५ पुस १ गते आइतबार/आजको राशिफल

२०७५ पुस १ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर १६ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– नवमी, २७:२१ बजेउप्रान्त दशमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि खर्च गर्नुपर्ने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्न...
ढुङ्गाले लागेर बालकको मृत्यु

ढुङ्गाले लागेर बालकको मृत्यु

  पाल्पा, २९ मङ्सिर । ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको छ । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले लागेर रास्कोटीको घटनास्थलमै मृत्...
प्रधानमन्त्रीद्वारा दुर्घटनामा ज्यान गुमाउँनेप्रति ट्वीटमार्फत श्रद्धाञ्जली

प्रधानमन्त्रीद्वारा दुर्घटनामा ज्यान गुमाउँनेप्रति ट्वीटमार्फत श्रद्धाञ्जली

काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए ।
उपत्यकामा सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउँने गरी पिक एण्ड ड्रप अभियान चलाइने

उपत्यकामा सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउँने गरी पिक एण्ड ड्रप अभियान चलाइने

काठमाडौँ, २९ मङ्सिर । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ ...
शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई पराजित गर्दै च्यासल युथ विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई पराजित गर्दै च्यासल युथ विजयी

काठमाडौँ, २९ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–० गोलले पराजित गर्दै जारी लिगमा च्यासलले चौथो जित निकालेको हो । च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र सञ्जोक राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलल...
२०७५ मंसिर २९ गते शनिबार/आजको राशिफल

२०७५ मंसिर २९ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर २९ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– अष्टमी, २६:१० बजेउप्रान्त नवमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। ...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

गाईघाट, २८ मंसिर । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो । ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई ग...
धनकुटामा ४ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटामा ४ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ मौनाबुधुकका ४१ बर्षीय धनबहादुर तामाङलाई ४ बर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । केहि दिन अघि तामाङले बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । पीडित बालिकाकी आमाले प्रहरीलाई घटनाको बिषयमा जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट मौनाबुधुक र ईलाका प्रहरी...
२०७५ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

२०७५ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

  वि.सं. २०७५ साल मंसिर २८ गते। शुक्रबार। इश्वी सन् २०१८ डिसेम्बर १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि...
नोबेलमा न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन : नौ देशका बरिष्ठ न्यूरो सर्जनको जमघट (भिडियोसहित)

नोबेलमा न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन : नौ देशका बरिष्ठ न्यूरो सर्जनको जमघट (भिडियोसहित)

बिराटनगर, १७ मंसिर । नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका करिव ३० जना बरिष्ठ न्...
साहित्यकार झमक घिमिरे र पत्रकार रबिन कटेल सम्मानित (भिडियोसहित)

साहित्यकार झमक घिमिरे र पत्रकार रबिन कटेल सम्मानित (भिडियोसहित)

धनकुटा, १७ मंसिर । बरिष्ठ साहित्यकार झमक घिमिरे र संगालोखबरका प्रधान सम्पादक रबिन कटेल सम्मानित भएका छन् । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोडिङ स्कुलले रजत जयन्ती तथा आठौं फडिन्द्रप्रसाद लुइटेल स्मृति दिवसको अवसर पारेर साहित्यकार घिमिरे र पत्रकार कटेललाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा साहित्यकार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले दोसल्ला र प्रमाणपत्र तथा विद्यालयका अध्यक्ष ...
नेकपा प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

नेकपा प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

काठमाडौँ, १७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव ट...
एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम

एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम

काठमाडौँ, १६ मङ्सिर । एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले आज काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ । सम्मेलन...
शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

काठमाडौँ, १६ मङ्सिर । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका अवसरमा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधार कसरी ?’ विषयक बहशमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले शिक्षक र अभियानकर्ताका छोराछोरी नै निजी विद्यालयमा पढाइँदा शैक्षिक व्या...
भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

अर्जेन्टिना, १६ मङ्सिर । भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५औँ स्वतन्त्रता दिवस परे...
सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

खस्यौली, १६ मङ्सिर । सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत् पोखरेलले जानकारी दिनुभयो । करीब रु पाँच अर्ब लगानी गरिने २५ मेघावाट क्षमताको सो आ...
सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

काठमाडौँ, १६ मङ्सिर । नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानव...
सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शि...
एड्सबाट आठको मृत्यु

एड्सबाट आठको मृत्यु

सल्यान, १६ मङ्सिर । एचआइभी एड्सका कारण आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थम...
‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

काठमाडौँ, १६ मङ्सिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गाे र संयुक्त नेपाली केन्द्र...
अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव

पशुपतिनगर, १६ मङ्सिर । अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए...
एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

काठमाडौँ, १६ मंसिर । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन । ‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दु:खद हो, यसमा राज्यका सबै ...
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको न...
राष्ट्रपति भण्डारी पोल्याण्डमा

राष्ट्रपति भण्डारी पोल्याण्डमा

वार्सा, पोल्याण्ड, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी ...
निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

काठमाडौँ, १६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो। निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्याते...
error: Content is protected !!