बाइस कैदीबन्दी एसइईमा सहभागी हुने
ललितपुर, २३ पुस । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् ।
परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू के...






























