काठमाडौँ, २३ पुस । सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा१ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुशीमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उहाँका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते हुनुभएको छ । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताउनुभयो । दुर्घटना गराउने माइक्रोबस र उक्त बसका चालक रामेछापका ४० वर्षीय टङ्कराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!