काठमाडौँ, २३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ ।

Advertisement

सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!