व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

काठमाडौँ, २४ पुस । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक...
फुटबल मैदानको लागि जमीन नापजाँच

फुटबल मैदानको लागि जमीन नापजाँच

कास्की, २४ पुस । पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच सर्भे  को काम शुरु भएको छ । पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्राएमए जिएसआई जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् । निर्माण कम्पनीले आजबाट जमी...
सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो

सियोल, २४ पुस । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो...
माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

काठमाडौँ, २४ पुस । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ । स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलख...
शेयर बजार सामान्य घट्यो

शेयर बजार सामान्य घट्यो

काठमाडौँ, २४ पुस । धितोपत्र बजारमा आज पुन शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर रु ...
भूकम्पपीडितबाट अनुदान फिर्ता

भूकम्पपीडितबाट अनुदान फिर्ता

सोलुखुम्बु, २४ पुस ।  भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् । पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्का...
मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौँ, २४ पुस । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्...
हिटर पड्किएर आगलागी

हिटर पड्किएर आगलागी

काठमाडौँ, २४ पुस । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा हिटर...
गुट्काले लियो ज्यान

गुट्काले लियो ज्यान

विराटनगर,२४ पुस ।  मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्राध्यापक तथा कर्मचारीहरुले तलब पाएनन्

प्राध्यापक तथा कर्मचारीहरुले तलब पाएनन्

बैतडी ,२४ पुस । गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिए । विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्म...
गाडीमा ठोक्किएर वन्यजन्तु मर्ने क्रम बढ्दो

गाडीमा ठोक्किएर वन्यजन्तु मर्ने क्रम बढ्दो

पथलैया, २४ पुस । बिहानीपख सडक  पूर्वपश्चिम राजमार्ग  पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा पर्यो । तीव्र गतिको कारसित ठोक्किँदा सो बाघ घाइते हुन पुग्यो । घटनास्थलमा भेटिएका रौँ र रगतको डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि भयो । निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती क्षेत्रका उपभोक्तालाई समेत आजसम्म घ...
सडकको चिसोबाट न्यानो कोठामा

सडकको चिसोबाट न्यानो कोठामा

काठमाडौँ, २४ पुस । काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए । कतियप मजदूरी गरेर सडकमा सुत्ने, लागुपदार्थ खाएर र मदिरा पि...
दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौँ, २४ पुस ।  सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प...
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

कञ्चनपुर, २४ पुस । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो । पढाइसँंगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । गत शैक्षिक सत्रमा विद्यालयम...
उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

बेइजिङ, २४ पुस ।  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको बताइएको छ । उत्तर कोर...
सम्बन्ध विच्छेदका मुद्दा बढे

सम्बन्ध विच्छेदका मुद्दा बढे

भीमदत्तनगर, २४ पुस । गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । ...
भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुर, २४ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । आ...
पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

काठमाडौँ, २४ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ । यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेक...
चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

पशुपतिनगर, २४ पुस । इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९/७० म...
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट, २४ पुस । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड ग...
अग्निपीडित परिवारलाई राहत वितरण

अग्निपीडित परिवारलाई राहत वितरण

 सिरहा २४, पुस  सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गर्नुभयो । स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उहाँको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाय...
लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान, २४ पुस । लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।...
प्रवासी नेपालीद्वारा राहत प्रदान

प्रवासी नेपालीद्वारा राहत प्रदान

बेझाड, २४ पुस । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन...
प्राविधिक सहायकको भरमा वडा कार्यालय

प्राविधिक सहायकको भरमा वडा कार्यालय

बैतडी, २४ पुस । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्...
अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच ...
छ विमानस्थलमा रात्रिकालीन उडान

छ विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौँ, २४ पुस ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबक...
दुई वर्षमा पनि मतगणना भएन

दुई वर्षमा पनि मतगणना भएन

वालिङ, २४ पुस । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन । विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो । “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “म...
धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटा, २४ पुस । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि श्रब्यदृष्य मार्फत जानकारी गराउँन धनकुटाको मदनचौकमा एलईडी टेलिभिजन राखिएको छ । मदनचौक स्थित नगरपालिकाको व्यापारिक भवनको भित्तामा राखिएको टेलिभिजनको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहयो...
२०७५ पुस २४ गते मंगलबार /आजको राशिफल

२०७५ पुस २४ गते मंगलबार /आजको राशिफल

वि.सं.  २०७५  साल  पुस  २४  गते। मंगलबार। इश्वी  सन्  २०१९  जनवरी  ८  तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। केही विवा...
अमरगढीमा चौथो पटक आगलागी

अमरगढीमा चौथो पटक आगलागी

अमरगढी, २३ पुस । डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गए रातिसहित चौथो पटक आगलागी भएपछि व्यापारी सशङ्कित भएका छन् । आगो लगाउने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर...
खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभ...
error: Content is protected !!