महिलाको जलेर मृत्यु

महिलाको जलेर मृत्यु

गौशाला, २५ पुस । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । साहको आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलागी भई जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । ...
दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा

दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा

गलेश्वर, २५ पुस । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैँ एउटा लट्ठी र हथौडा हुन्छ । दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी ...
चौधरीले संसद्को सुविधा पाउँदैनन् : सभामुख

चौधरीले संसद्को सुविधा पाउँदैनन् : सभामुख

काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवरा...
गरीबको विद्यालय आर्थिक अभावमा

गरीबको विद्यालय आर्थिक अभावमा

नारायणपुर, २५ पुस ।  दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी । घोराही उपमहानगरपालिका–१३ सेवारको सो विद्यालयलाई धेरैले चिने पनि विभिन्न समस्याले पिरोलिएको छ । यो वर्ष कुनै निकायबाट विद्यालयले अनुदान प्राप्त गर्न सक...
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

काठमाडौँ, २५ पुस । संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञान...
कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

सियोल, २५ पुस ।  दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । “बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल कार्डको प्रयोग गर्न सक्नुहुन्छ,” क्यासियरले बताए । आश्चर्यचकित ती ...
अनाथाश्रमलाई सहयोग

अनाथाश्रमलाई सहयोग

विराटनगर, २५ पुस । मदिरा व्यवसायी सङ्घ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ । सो अवसरमा आश्रमका रहेका ८० बालबालिका, वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फूटबल र ब्याडमिण्टन प्रदान गरिएको छ । सङ्घको ११ औँ वार्षिकोत्सवको अवसरमा आज आश्रमको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक...
मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

फिदिम, २५ पुस । पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकि...
रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

चितवन, २५ पुस । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु दे...
दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तपुर, २५ पुस । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा स...
डुबेर महिलाको मृत्यु

डुबेर महिलाको मृत्यु

उर्लाबारी, २५ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प...
नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

जाजरकोट, २५ पुस । जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ । बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७/०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँद...
खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख

खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख

तेह्रथुम, २५ पुस । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन ...
विद्युतीय जोखिममा सिङ्गो गाउँ

विद्युतीय जोखिममा सिङ्गो गाउँ

पर्वत, २५ पुस । लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् । घर नजिकैबाट गरिएको विद्युती...
चितवन महोत्सव शुरु

चितवन महोत्सव शुरु

चितवन, २५ पुस । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको ...
राष्ट्रियसभा : बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

राष्ट्रियसभा : बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

काठमाडौँ, २५ पुस । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब ...
जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २५ पुस । तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिक...
आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

बाजुरा, २५ पुस ।  बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उहाँका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ल...
विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

सुनचरी, २५ पुस । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल...
बोटबाटै सुन्तला बिक्री

बोटबाटै सुन्तला बिक्री

बलेवा, २५ पुस । बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् । बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई प...
भारतको तल्लो सदनद्वारा विवादास्पद कानून पारित

भारतको तल्लो सदनद्वारा विवादास्पद कानून पारित

नयाँ दिल्ली, २४ पुस । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो । नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने ...
ट्याक्टर चालकको मृत्यु

ट्याक्टर चालकको मृत्यु

दाङ, २५ पुस । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष...
सन्दीपको दोस्रो खेल आज

सन्दीपको दोस्रो खेल आज

काठमाडौँ, २५ पुस ।  बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्...
आगलागीबाट रु ४० लाखको क्षति

आगलागीबाट रु ४० लाखको क्षति

मङ्गलबारे, २५ पुस ।  इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुना...
बेपत्ता बालिका मृत फेला

बेपत्ता बालिका मृत फेला

नवलपरासी, २५ पुस । पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको...
आगलागीबाट रु बाह्र लाखको क्षति

आगलागीबाट रु बाह्र लाखको क्षति

बनियानी, २५ पुस ।  झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट भएको छ । त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझी...
२०७५ पुस  २५ गते बुधबार/आजको राशिफल

२०७५ पुस २५ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५  साल पुस  २५ गते। बुधबार। इश्वी सन् २०१९ जनवरी ९ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर पुरानो समस्याले खर्च गराउन सक्छ। सरसापटमा पनि...
पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

काठमाडौँ, २४ पुस ।  सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प...
प्रदेश नं ५ का दुईसहित पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र

प्रदेश नं ५ का दुईसहित पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र

बुटवल, २४ पुस । सङ्घीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार चालु आवमा देसका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने नीतिअनुरुप पहिलो चरणमा बृहत अभियान शुरु गर्न लागिएको हो । विभागको आयोजनामा आज बुटवलमा भएको सरोकारवाला निकायसँगको अन्तरक्...
अन्तिम खेलमा मनाङ पराजित

अन्तिम खेलमा मनाङ पराजित

काठमाडौँ, २४ पुस । मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । लिगअन्तर्गत आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो । आजको खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । फ्रेण्डसको जीतमा विकास लामाले इञ्जुरी समयमा गोल गरे । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो । यसैगरी ...
भत्ता पाइने आशमा धेरै सन्तान

भत्ता पाइने आशमा धेरै सन्तान

बाँके, २४ पुस । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । ननकैया कुचबधियालाई बच्चा जन्मेक...
error: Content is protected !!