- संगालोखबर सम्वाददाता

धनकुटा, २५ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा आज मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको को.१५ प.७६०६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी मोटरसाईकलमा सवार सोही स्थानका ३१ बर्षीय चुडाराज थापा गम्भीर घाइते भएका हुन् ।

उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!