विराटनगर, २५ पुस । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ ।

Advertisement

प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा भेटघाट गरी इटहरीको एक होटलमा बन्धक बनाइ मङ्गलबारसम्म जबर्जस्ती करणी गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!