चट्याङबाट एक जनाको मृत्यु

चट्याङबाट एक जनाको मृत्यु

परशुराम, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन्...
मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

काठमाडौँ, ८ माघ । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । सिन...
बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

गलेश्वर, ८ माघ । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धारण गरेको भनेर व्यापकरूपमा विरोध भएपछि नगर कार्यपालिकाक...
वडाध्यक्षलाई एक हजार जरिवाना

वडाध्यक्षलाई एक हजार जरिवाना

मार्तडी, ८ माघ । मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु एक हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित ग...
२०७५ माघ ८ गते मंगलबार/आजको राशिफल

२०७५ माघ ८ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ८ गते। मंगलबार। इश्वी सन् २०१९ जनवरी २२ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा तत्काल धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। तत्कालको लाभ भन्दा पनि भविष्यको जग बलियो बनाउने समय छ। दिगो योजना र मिहिनेतल...
युएई भ्रमणका लागि सन्दीप नेपाल आए

युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौँ, ७ माघ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि छ खेलबाट चार विके...
‘धनगढी स्टार्स’लाई ग्लोबल कलेजको साथ

‘धनगढी स्टार्स’लाई ग्लोबल कलेजको साथ

काठमाडौँ, ७ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ । धनगढी स्टार्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा ग्लोबल कलेजसँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कलेजका प्रमुख कार्यकारी खगेन्द्र ओझा र क्लबका प्रमुख कृष्ण बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कलेजले स्टार्स...
बारको ध्यानाकर्षण

बारको ध्यानाकर्षण

काठमाडौँ, ७ माघ ।  नेपाल बार एशोसिएसनले चिकित्सक डा गोविन्द केसीको जीउधनको सुरक्षा र स्वतन्त्रताप्रति संवेदनशील हुन सरकारसँग माग गरेको छ । नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, स्वतन्त्रता तथा मानव अधिकारको रक्षाप्रति राज्यपक्ष संवेदनशील हुन अपिल गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “चिकित्सक डा केसीको मागप्रति राज्य जिम्मेवार ...
स्ववियु निर्वाचनको तयारीमा त्रिवि

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौँ, ७ माघ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग आज छलफल गरेको छ । शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश...
एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल

एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल

माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित...
रवि र निकिताले गरे ‘कोर्ट म्यारिज’

रवि र निकिताले गरे ‘कोर्ट म्यारिज’

काठमाडौं, ७ माघ । श्रीमतीसँग डिभोर्सलगत्तै सञ्चारकर्मी रवि लामिछानेले नयाँ घर बसाएका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन् । रवि र निकिता केही महिनादेखि प्रेममा थिए । यद्यपि, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी छन् । निकिता पनि डि...
चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

जिक्वान, ७ माघ । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्...
पारिश्रमिक रकम वृद्धाश्रमलाई

पारिश्रमिक रकम वृद्धाश्रमलाई

डोटी, ७ माघ ।  दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गर्नुभएको छ । नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिने घोषणा गर्नुभएको हो । आज पत्रकार सम्मेलन गरेर उहाँले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गर्नुभएक...
घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै

घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै

वीरगञ्ज, ७ माघ । पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् । विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो । बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्याव...
पशुबधशाला प्रयोगविहीन

पशुबधशाला प्रयोगविहीन

गाईघाट, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । “बधशाला भवन जीर्ण...
शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खर...
हत्यारा पत्ता लगाउन दवाव दिँदै

हत्यारा पत्ता लगाउन दवाव दिँदै

भीमदत्तनगर, ७ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउनुभएको छ । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताउनुभयो । “निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सद...
कलाकार न्यौपानेको निधन

कलाकार न्यौपानेको निधन

काठमाडौँ, ७ माघ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो । मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो । मुनालको आजै अन्त्यष्टि गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माल...
राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

काठमाडौँ, ७ माघ । राष्ट्रियसभाको आजको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेको छ । आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काङ्ग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो । दोस्रो बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसदल...
युवालाई लिम्बू भाषा सिकाउँदै

युवालाई लिम्बू भाषा सिकाउँदै

भद्रपुर, ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले लिम्बू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नै घरमा प्रत्येक हप्ताको शनिबार लिम्बू भाषासम्बन्धी कक्षा सञ्चालन गर्दै आएका छन् । त्यहीँ लिम्...
पाँचधारे पोखरी संरक्षणविहीन

पाँचधारे पोखरी संरक्षणविहीन

भोजपुर, ७ माघ । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ । पर्यटकीय स्थल टेम्के डाँडाको...
‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र नलिई फर्कनुभयो । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उहाँलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उहाँ निराश बन्नुभएको छ । समीर जस्तै धेरै सेवाग्र...
टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

टिएमजे क्षेत्रमा रोकिएन गुराँस फडानी

तेह्रथुम, ७ माघ । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन...
धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटाबाट ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

धनकुटा, ७ माघ ।  ठूलो परिमाणमा गाँजासहित धनकुटा प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाटबाट ३७ किलो गाँजासहित छिन्ताङका २० बर्षीय भुपाल राई र २० बर्षकै जजल राईलाई प्रहरीले पक्राउ गरेको हो । मुलघाट प्रहरी चौकीको टोलीले बिहान करिव ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । गाँजा ओसार्न प्रयोग भएको बा.२६ प.६५४...
चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

चितवन, ७ माघ ।  राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो । घटनाको साँझ ७ बज...
स्वस्थानी व्रत एवं माघस्नान शुरु

स्वस्थानी व्रत एवं माघस्नान शुरु

काठमाडौँ, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार ख...
विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

बेत्रावती, ७ माघ ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पु¥याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङत...
कपिल शर्मा शोमा फर्किदै ‘मसुर गुलाटी’

कपिल शर्मा शोमा फर्किदै ‘मसुर गुलाटी’

लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो । त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसब...
तेह्रौँ साग निर्धारित मितिमा नहुने

तेह्रौँ साग निर्धारित मितिमा नहुने

काठमाडौँ, ७ माघ ।  नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ । साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने ...
कांग्रेसले अवरुद्ध गर्यो राष्ट्रियसभा बैठक

कांग्रेसले अवरुद्ध गर्यो राष्ट्रियसभा बैठक

७ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् ।
तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुम, ७ माघ ।  म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...
error: Content is protected !!