तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको भन्ने गुनासोको आधारमा आयोगले रु १० लाख ८६ हजार ७२५ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगले लेखापाल डिल्लीप्रसाद आच...































