काठमाडौँ, ३ फागुन । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।

Advertisement

पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!