चितवन, १७ फागुन । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो ।

Advertisement

प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेका कवाडीका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!