अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

खोटाङ, ७ फागुन । वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्त...
इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी, ६ फागुन । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा बिश्वकै सबैभन्दा सानो मोबाइल प्रदर्शनीमा राखिन...
विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

तेह्रथुम, ६ फागुन । आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान हुनुपर्ने बताउनुभयो । विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई निर्वाचन आयोगल...
धनकुटामा महापुराणबाट १२ लाख संकलन

धनकुटामा महापुराणबाट १२ लाख संकलन

धनकुटा, ६ फागुन ।  एकल महिला समुह धनकुटाले सञ्चालन गरेको महापुराणबाट १२ लाख रकम संकलन भएको छ । असाहय, अन्याय, जोखिम र विपतमा परेका एकल महिला र बालबालिकालाई सहयोग गर्ने अवसर कोष स्थापनार्थ सञ्चालित महापुराणबाट सो रकम संकलन भएको हो । धनकुटामा आज पत्रकार सम्मेलन गरी महापुराणको आयव्याय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्दै एकल महिला समुहकी अध्यक्ष मिना राईले महापुराणबाट ...
उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

गाईघाट, उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिका...
जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

विराटनगर, ६ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो । दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने ...
नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय

विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका ...
स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुममा रहेका छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्र...
अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा, ६ फागुन ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । इटहरी–९ स्थित बस...
दुई जना साहित्यकार सम्मानित

दुई जना साहित्यकार सम्मानित

इटहरी, ६ फागुन । साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुनसरीका अग्रज साहित्यकार एवम् कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् कलाकार मणि गुरुङ रहेका छन् । धरणीधर साहित्य प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुलाई जनही  २० हजार नगदसहित सम्मान गरिएको हो । सो अवसरमा पूर्वमन्...
जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग

जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग

बिराटनगर, ५ फागुन । जमरकट्टेल वंश एकता प्रतिष्ठानले हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ र स्मरण क्षमतामा विश्वरेकर्ड राख्ने अर्पण जमरकट्टेललाई शनिवार सम्मान गरेको छ । धुर्मुस–सुन्तलीले सामाजिक काम गरेर र अर्पणले विश्वरेकर्ड राखेर जमरकट्टेलको पहिचानलाई उच्च बनाएको भन्दै सम्मान गरिएको हो । तीनै जनालाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ र प्रतिष्ठानका अध्यक्ष ...
धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटा, ५ फागुन । धनकुटामा शनिबारदेखि प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम सुरु भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा आदिबासी जनजाति अनुसन्धान केन्द्रले तालिम आयोजना गरेको हो । ‘प्राथमिक उपचार पद्दति सिक्न सबै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ तालिम सुरु गरिएको आयोजकले जनाएको छ । तालिममा धनकुटा नगरपालिकाका १० वटै वडाका २४ जनाको सहभागिता छ । तालिमको संयोजन जिल्ला युवा समितिले गरेको छ भने न...
उपलब्धि संस्थागत गर्नुपर्छ: मुख्यमन्त्री राई

उपलब्धि संस्थागत गर्नुपर्छ: मुख्यमन्त्री राई

इटहरी, ५ फागुन ।  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल कर्मचारी सङ्गठन, सुनसरीले निर्माण गरेको शहिद स्मारक एवं विश्रामालयको आज उद्घाटन गर्दै शहीदले गरेको त्याग एवं बलिदानको सुनसरी कर्मचारी सङ्गठनले उचित मूल्याङ्कन गरेकोमा खुश...
थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन

थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन

विराटनगर, ५ फागुन । उच्चस्तरीय थर्मोकोल प्रविधि अपनाएर यहाँको एक उद्योगले खानेपानी ट्यांकी (वाटर ट्यांक) को उत्पादन शुरु गरेको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा सञ्चालित जानकी पोलीट्यांक इण्डष्ट्रिज प्रालिले थर्मोकोल प्रविधि अपनाएर वाटर ट्यांक उत्पादन गरेको हो । यस्तो ट्यांकीमा पानीको तापक्रम घटबढ नभई नियन्त्रणमा रहने गर्छ । उद्योग सञ्चालक लक्ष्मी चौधरीकाअनुसार थर्मोकोल प्रवि...
धनकुटाकी गायिका हेमुको ‘रिटिङ रिटिङ’ बजारमा (म्यूजिक भिडियोसहित)

धनकुटाकी गायिका हेमुको ‘रिटिङ रिटिङ’ बजारमा (म्यूजिक भिडियोसहित)

धनकुटा, ५ फागुन । धनकुटाकी गायिका हेमु ‘स्मृति’ चोङवाङ्गको नयाँ म्यूजिक भिडियो ‘रिटिङ रिटिङ’ बजारमा आएको छ । गायिका चोङवाङ्ग र गायक राजेश पायल राईको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा कलाकार अनु शाह र सुदर्शन चापागाई लगायतले अभिनय गरेका छन् । सिर्जन बरालको निर्देशनमा बनेको गीतमा शंकर थापा (स्माईल) को संगित र डीपी खनालको सब्द समावेश छ । २०७० सालदेखि गायन क्षेत्रमा प्रवेश गरेकी गायिक चोङवाङ्गले...
नोबेलले निःशुल्क शल्यक्रिया गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी

नोबेलले निःशुल्क शल्यक्रिया गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी

बिराटनगर, ५ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो । दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन...
डढेलो नियन्त्रण बाहिर

डढेलो नियन्त्रण बाहिर

सल्लेरी, सोलुखुम्बु, ४ फागुन ।  खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो । उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाक...
अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ: युवराज भुसाल

अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ: युवराज भुसाल

खोटाङ, ४ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब बन्ने घरहरु भूकम्प मात्र नभई बाढीपहिरो, आगलागी, हावाहुरी, चट्याङलगायत बहुप्रकोप प्रतिरोधी बनाउनुपर्ने बताउनुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय स...
प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

तेह्रथुम, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एम...
प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

विराटनगर, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री राईका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा प...
मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर, ३ फागुन ।  प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उहाँले समाजशास्त्रमा स्...
प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

विराटनगर, ३ फागुन । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । मुख्य मन्त्र...
प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

विराटनगर, ३ फागुन।  प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो । आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण...
विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विराटनगर, ३ फागुन ।  विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । यसर...
जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

मंगलबारे, इलाम, ३ फागुन ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको अनुमानि...
प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

विराटनगर, ३ फागुन  ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । मुख्यमन्त्री राईले दिउँसो ३ बजे सपथ लिनेछन् । लगतै मन्त्रिपरिषद् गठन गर्ने एमाले र माओवादीको तयारी छ । तर, गठबन्धनमा सहभागी माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी नछाडेकाले पहिलो चरणमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छैन । मुख्यमन्त्री राईले भने आन...
हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन ।  भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् । औषधि खुवाउनका लागि एक ह...
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

उर्लाबारी, मोरङ, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्...
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सल्लेरी, सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मंगलबारदेखि हिउँ परेको छ ।” वुधबार पनि हिउँ परेको उहाँले बताउनुभयो । हिमपातसँगै हल्का...
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

गाईघाट, उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वार...
राईको राजनीतिक यात्रा: कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

राईको राजनीतिक यात्रा: कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

उर्लाबारी, मोरङ, २ फागुन । विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मनु भएका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा आज नियुक्त हुनुभयो । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा निय...
error: Content is protected !!