१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौँ, १७ भदौ । दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औँ संस्करण हुनजान्छ । बाह्रौँ संस्करणसम्म आइपुग्दा भार...
एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

एशिया कप छनोट: नेपाल चार विकेटले विजयी

काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४/१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर...
बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपकाे तालिका सार्वजनिक, नेपाल समूह ए मा

काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गब...
पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ । अतिरिक्त समयको सदुपयोग गर्दै आफ्नै जिल्लाको टिम न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार न्यु स्टारका लाग...
साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

साफ च्याम्पियनशिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाँदै

काठमाडौँ, १५ भदौ । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, म...
एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन...
रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ, १४ भदौ । रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ । टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १/१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बू र कर्ण लिम्बूले टाइबेकरमा गोल गरेका थिए । राष्ट्रिय जागृति क्लब इटहरीका...
दुई युवाको साहसिक प्याराग्लाइडिङ

दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत, १४ भदौ । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे । ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाही थिए । पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङसम्...
नेपाल युएइसँग ७८ रनले पराजित

नेपाल युएइसँग ७८ रनले पराजित

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार...
एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए ...
एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

काठमाडौँ, १४ भदौ । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्...
प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे...
एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथ...
एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको...
प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

काठमाडौँ, १३ भदौ । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ । मङ्गलबारको खेल सकिँदासम्म नेपाल...
एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ भदौ । एसियाकप छनोट खेल खेलिरहेको नेपालले  ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको थियो  । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द...
एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्...
एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुव...
एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ, १२ भदौ । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–...
एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

काठमाडौँ १२ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलम...
एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगि...
नेपाली क्रिकेट टोली मलेसियातर्फ

नेपाली क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ, ११ भदौ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफ...
पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

ताप्लेजुङ, १० भदौ । ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले गरेको गोल नै झापाको जितका लागि सहज बन्यो । ...
एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

जकार्ता, १० भदौ । इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व...
एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधब...
नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

काठमाडौँ, ८ भदौ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर प...
फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

काठमाडौँ, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको म...
एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउनुहुन्छ । एशियाली खेलकूदको पुरुष भलिब...
एसियाली खेलकुद: तेक्वान्दोमा नेपाल पदकविहीन

एसियाली खेलकुद: तेक्वान्दोमा नेपाल पदकविहीन

काठमाडौँ, ७ भदौ । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ । नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको छ । तेक्वान्दोको अन्तिम दिन आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफा...
एशियाली खेलकूद: दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

एशियाली खेलकूद: दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्क...
पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ६ भदौ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५...
error: Content is protected !!