खोटाङमा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै
खोटाङ, १० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ ।
बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ ।
देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन गरेर ३३ रोपनी जग्गा खरिद गरी खेलमैदान निर्माण कार्य शुरु गरिएको थियो । एक सय ४० ...