सुनसरीमा बन्दै छ ७ सय करोडको ‘सिजी इन्डस्ट्रियल पार्क’
काठमाडौं, १५ माघ। उद्योगपति विनोद चौधरीले सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा ‘सिजी इन्डस्ट्रियल पार्क’ निर्माण गर्ने भएको छ ।
चौधरी ग्रुपका सञ्चालक रहेका चौधरीले ७ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागेको पार्कको शिलान्यास आइतबार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री भीम आचार्य र उद्योगपति चौधरीले संयुक्त रूपमा गरे...




























