सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति
काठमाडौंँ, २३ माघ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ ।
बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो ।
अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस...
































