उदयपुर सिमेन्ट उद्योग घाटामा
गाईघाट, २३ । डेढ वर्षदेखि यता आएर विद्युत्भार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युत्भार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ ।
पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्...































