मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

रत्ननगर, ११ माघ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरप...
ठूला उद्योगलाई बिशेष सेवा

ठूला उद्योगलाई बिशेष सेवा

हेटौँडा ११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर बिशेष सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ । उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिड...
एक परिवार एक रोजगार

एक परिवार एक रोजगार

बुटवल, १० माघ । बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार/स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो । इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । नगर...
वैकल्पिक बाटोबाट आयोजना सम्पन्न गर्न निर्देशन

वैकल्पिक बाटोबाट आयोजना सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १० माघ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ । समितिका सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध समाधान गर्न खानेपानी मन्त्रालयलाई सो निर्देशन दिनुभएको हो । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणमा इटालेली कम्पनी सिएमसीले डिसेम्बर १५ बाट नाटकीयरूपम...
सङ्खुवासभामा गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या

सङ्खुवासभामा गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या

सङ्खुवासभा, १० माघ । सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् । सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लामा सञ्चालन हुँदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुव...
तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै

बर्दिवास, १० माघ ।  बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् । जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् । खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । विशेषगरी दैनिक प्रयोजनका लागि किराना...
किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नगरपालिका

किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नगरपालिका

बाग्लुङ, ९ माघ । बाँझो र कम खेतीयोग्य जमीनको उपयोग गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्न बाग्लुङ नगरपालिका कस्सिएको छ । नगरपालिकाले ‘एक वडा :तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो । बाँझो र कम खोतीयोग्य जमीनमा चियाखेती शुरु भएको छ भने खेतीयोग्य जमीनमा नियमित उत्पादन हुने अन्न बराबर दुई वर्षसम्म अनुदान दिएर सुन्तला लगाउन थालिएको छ । ते...
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, ९ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ ...
छ महीनामा दश अर्ब बराबरको आयात

छ महीनामा दश अर्ब बराबरको आयात

धनगढी, ९ माघ । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए पनि निर्यात वृद्धि हुनसकेको छैन । चालु आवमा सबैभ...
धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा, ९ माघ । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जि...
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को, ९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भए...
सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

पर्वत, ९ माघ । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातास...
अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक ...
उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

गाईघाट, ९ माघ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव च...
रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८ माघ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम...
पाँचथरको  दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

पाँचथरको दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

फिदिम, ८ माघ । याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले दैनिक १४ लिटर दूध बेच्दै आउनुभएको छ । आफ्नो दुर्गम गाउँमा व्यावसायिक गाईपालन र दूध उत्पादन हुन्छ भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन तर, आज उहाँ नै व्यावसायिक रुपमा दूध ...
बबईमा १० किलोमिटर तटबन्ध

बबईमा १० किलोमिटर तटबन्ध

लमही, ८ माघ । बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । दाङ खण्डमा बबई नदीले कटान गरेको दुबै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम...
शेयर बजार : सामान्य अङ्कले वृद्धि

शेयर बजार : सामान्य अङ्कले वृद्धि

काठमाडौँ, ८ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ ह...
दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

काठमाडौँ, ८ माघ । सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । निर्माण हुन लागेका आयोजनामा यशोक बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा बृहत् पम्...
मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

काठमाडौँ, ८ माघ । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । सिन...
बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

गलेश्वर, ८ माघ । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धारण गरेको भनेर व्यापकरूपमा विरोध भएपछि नगर कार्यपालिकाक...
पशुबधशाला प्रयोगविहीन

पशुबधशाला प्रयोगविहीन

गाईघाट, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । “बधशाला भवन जीर्ण...
शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खर...
तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण

तेह्रथुम, ७ माघ ।  म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...
तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुम, ७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा रु ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत रु ७० करोड २० लाख बढी रकम लगानी गरेको हो । त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म रु ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति...
मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल

काठमाडौँ, ६ माघ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी क...
एउटै ठेलाको कमाइ महिनाको एक लाख

एउटै ठेलाको कमाइ महिनाको एक लाख

हेटौँडा, ६ माघ । ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटौँडामा ठेला किचेन चलाएर बस्नुभएका ३५ बर्षीय युवराज नेपाल । वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खानुभएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई जानुभएका उहाँलाई एक वर्षकोे बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज रु २० हजार भन्दा कम...
उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित

उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित

काठमाडौँ, ६ माघ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्र समेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा रु एक अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका हुन् । विशेष गरी चन्द्रागिरि हिल्स, डिस...
सवा तीन अर्ब राजश्व सङ्कलन

सवा तीन अर्ब राजश्व सङ्कलन

विराटनगर, ४ माघ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । कार्यालयका अनुसार रु तीन अर्ब चार...
चिनी मिल सञ्चालनमा

चिनी मिल सञ्चालनमा

वीरगञ्ज, ४ माघ । सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो । यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हुँदै आएकोमा सरकारले केही दिन अघि यस वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल रु ५३६ रुपैँया ५६ पैसा तोकेपछि उखु उत्पादक किसान र चिनी मिलका सञ्...
बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

दमक, ४ माघ । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहुँको गुणस्तरीय बीउ प्रशोधन तथा उत...
error: Content is protected !!