त्रिवेणी धामको १५ दिने मेला सम्पन्न
गाईघाट, १६ माघ । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ ।
१५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा बढी भक्तजनले कमला नदीको त्रिवेणी धाममा मकर नुहाउने, पूजा तथा आरधाना गर्ने कार्य गरेको मेला व्यवस्थापन आयोजक मूल समितिका संयोजक तथा उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।
...






























