संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 
धनकुटा, ६ असोज । धनकुटाको नासल चौकबाट गत आईतबारराति चोरी भएको मोटरसाईकल फेला परेको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनी...

धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु
धनकुटा, ६ असोज । धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले आज बिहान कार्यक्रम गरी अभियानको सुरुवात गरेको हो । गृहमन्त्रीको ८४ वुँदे गृह प्रशासन सुधार कार्यक्रम अनरुप ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ नारासहित अभियान सुरु गरिएको हो । देशब्यापी रुपमा चलाईएको यो अभियानको थालनीका क्रममा धनकुटामा बिहान प्रभातफेरी निकालिएको थियो । त्यस...

जीतपुरमा भीरबाट लडेर मृत्यु

जीतपुरमा भीरबाट लडेर मृत्यु
धनकुटा, ६ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जीतपुर स्थित भन्ज्याङडाँडा नजिक घर भएका ४३ बर्षीय भोजबहादुर दर्जीको भीरबाट लडेर मृत्यु भएको हो । गाउँकै स्थानीय स्यावुने भीरबाट खसेर दर्जीको घटनास्थलमै मृत्यु भएको स्थानीय खगेन्द्रप्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिए । दर्जी बिहान करिव ४ बजे घरबाट निश्किएका थिए ।भीरबाट खसेको अवस्थामा दिउँस...

कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाई: मन्त्री बस्नेत (भिडियोसहित)

कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाई: मन्त्री बस्नेत (भिडियोसहित)
धनकुटा, ५ असोज । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले पर्याप्त कर्मचारी नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा कठिनाई भएको बताएका छन । प्रेस सेन्टरले बिहिबार धनकुटाको सुरभी होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । स्थानीय तहका लागि कम्तिमा १६ हजार कर्मचारी आवश्यक पर्ने भएपनि नौ हजार मात्रले काम चलाउँनुपरेको उल्लेख गरे । कर्मचारी अभावकै कारण स्थानीय तह...

धनकुटामा शान्ति अभियान्ताहरुलाई सम्मान

धनकुटामा शान्ति अभियान्ताहरुलाई सम्मान
धनकुटा, ५ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवशको अवसर पारेर बिहिबार धनकुटामा शान्ति अभियान्ताहरुलाई सम्मान गरिएको छ । स्थानीय शान्ति समिति धनकुटाले जिल्लाको शान्ति प्रवद्र्धनमा योगदान पुर्याउँनेहरुलाई सम्मान गरेको हो । सम्मानीत हुँनेहरुमा स्थानीय शान्ति समितिका पूर्व संयोजक एवं जिल्ला समन्वय समितिका सभापति टंकवहादुर चुवान, शान्ति समितिका पूर्व संयोजकहरु डिल्लीराम राई, टिकाप्रसाद घिमिरे, विजयसन्तोषी...

धनकुटाको बोधेमा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते  

धनकुटाको बोधेमा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते  
धनकुटा, ५ असोज । धनकुटाको चौविसे गाउँपालिका–५ बोधे स्थित तल्लो हमेलामा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गंभीर घाईते भएका छन । सामान्य विवादका क्रममा गएराति स्थानीय ३६ बर्षीया सरु तामाङले आफ्नै श्रीमान ३८ बर्षीय कमल बहादुर तामाङलाई खुकुरी प्रहार गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए । खुकुरी प्रहारबाट टाउकोमा चोट लागि गंभीर घाईते भ...

मोरङमा आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु

मोरङमा आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु
मोरङ, ५ असोज । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुर स्थित एक घरमा आज बिहान भएको आगलागीमा जलेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय ५५ बर्षीय चन्द्रबहादुर राईको किराना पसल भएको दुई तले घरमा विहान ३ बजे आगलागी भएको हो । आगलागीमा जलेर घरभित्र सुतेका चन्द्र बहादुरकी आमा ८६ बर्षिया गंगामाया राई, श्रीमती ४६ बर्षीया पार्बता राई र बहिनी ४४ बर्षिया बिष्णुमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ...

सिधुवामा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन (फोटो फिचरसहित)

सिधुवामा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन (फोटो फिचरसहित)
सिधुवा, ४ असोज । धनकुटाको सिधुवा बजारमा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बुधबार शाखाको उद्घाटन गरेका हुन । नेपाल बङ्गलादेश बैंकले ५० औं शाखाको रुपमा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा शाखा विस्तार गरेको हो । शाखा उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले ग्राहकको सेवालाई ध्यानमा राखि सेवामुखी भावले क...

धनकुटाको डाँडाबजारमा ट्रक दुर्घटना, भेडेटार-राजारानी सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटाको डाँडाबजारमा ट्रक दुर्घटना, भेडेटार-राजारानी सडक अवरुद्ध (फोटो फिचरसहित)
धनकुटा, ४ असोज । धनकुटाको डाँडाबजारमा आज मालबाहक ट्रक दुर्घटना भएको छ । डाँडाबजारबाट धरान जाँदै गरेको ना.३ ख ७१९२ नम्बरको ट्रक बिहान करिव ११ बजे साँघुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षती नभएको डाँडाबजार प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले संगालोखबरलाई जानकारी दिए । सडक ढाक्नेगरी ट्रक पल्टिएपछि भेडेटार–राजारानी सडकखण्ड अवरुद्ध भ...

मोरङको क्वालिटी सप उद्योगमा आगलागी

मोरङको क्वालिटी सप उद्योगमा आगलागी
मोरङ, ३ असोज । मोरङको कटहरी गाउँपालिका-९ स्थित क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी भएको छ । उद्योगमा भएकाे आगलागीबाट ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । अपरान्ह ३ वजे विद्युत सट भई आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको छ । उद्योगका सञ्चालक विपिन काव्राले उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति ...
error: Content is protected !!