मोरङ, ३ असोज । मोरङको कटहरी गाउँपालिका-९ स्थित क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी भएको छ । उद्योगमा भएकाे आगलागीबाट ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

अपरान्ह ३ वजे विद्युत सट भई आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

Advertisement

उद्योगका सञ्चालक विपिन काव्राले उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति भएको जानकारी दिए ।

उद्योगमा साबुन उत्पादनका लागि हाईट्रोजन पेसोअक्साइट केमिकल भण्डारण गरी राखिएको थियो ।

उद्योगमा लागेको आगो २ घण्टापछि विराटनगर महानगरपालिकाबाट गएका तीनवटा वरुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उद्योगले विशाल नामक सावुन उत्पादन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!