भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको पौवादुम्बा गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुब्दा पौवादुम्बा–३ का १८ बर्षीय दिवस राईको मृत्यु भएको हो । राई डुबेको खबर थाहा पाएपछि ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । मिक्लाजुङ–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका दुई जना बिरामी भएका हुन् । बिरामी हुँनेमा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनका छोरा १७ बर्षीय पुर्णबहादुर छन् । बुधवार बेलुकाको खानामा जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी भएका दुबै जनालाई गएराती सवा १२ बजे उपचारका लाग...
ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट रड बोकेर सोलुको बेनीतर्फ जाँदै गरेको बा.३ ख.९६ नम्बरको ट्रक बिहान साँढे ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
एनएमबि लघुवित्तले पायो घरभाडा छुट

एनएमबि लघुवित्तले पायो घरभाडा छुट

संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् । संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका व...
धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणका लागि आवश्यक सामग्री वितरण थालिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायत सामग्री वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणका लागि आव...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर–३ का ३५ बर्षीय राजु श्रेष्ठ डाइलेक्स डि.सी. १० बोतल, कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प. ५०२७ नम्बरको मोटरसाईकलमा सवार श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ देउरालीमा तमोर नदीले मोटरसाईकल बगाएको छ । सहिदभूमी–१ गोपालपुरबाट सहिदभूमी–२ पिलियाटारतर्फ जाँदै गरेको को.३८ प.८०७९ नम्बरको मोटरसाईकल दुर्घटना भएर तमोर नदीमा खसेको हो । दुर्घटनामा परी मोटरसाईकल चालक थामबहादुर राई सामान्य घाईते भएका छन् । बर्षाका कारण देउरालीस्थित सडकमा पहिरो खसेको थियो । पहिरोले सडकको अधिकांस भाग पुरेको छ । पहिरो खसेको ठाउँबाट पार गर्ने क्...
खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुब्दा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको मृत्यु भएको हो । खाँदबारी बेतिनीस्थित पोखरीमा उनी साथीहरुसँग पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा डुब्दा कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आईतबार एक दिने बाली उपचार शिविर संचालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र धनकुटाले जीतपुरमा शिविर आयोजना गरेको हो । बालीमा लागेको रोग पहिचान गरी उपचार गरेर उत्पादन घट्न नदिने उद्धेश्यले शिविर संचालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । जीतपुर, मारेककटहरे, लेगुवा, मुर्तिढुंगा लगायत क्षेत्रका ५३ जना ...
बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ का हरी सुवेदीको घरमा आगलागी भएको छ । बिहान करिव ३ बजे लागेको आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । आगलागीबाट घर नष्ट हुँदा करिव १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ तोला सुन र ४० हजार नगदसमेत जलेर नष्ट भएको छ । यसैवीच आगलागीपीडित सुवेदी परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । ...