मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने

मोरङका छ पालिकाले तीन ठूला योजनामा साझेदारी गर्ने

बेलबारी । मोरङको उत्तरी क्षेत्रका ६ वटा पालिकाले संयुक्त रुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापन गर्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका तथा कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तीन वटा योजना अघि बढाएका हुन् । लिभ्रा टेक्नोलोजि कम्पनीसँगको सहकार्यमा फोहोरवाट मोहोर बनाउने, सोलारबाट बिधुत उत्पादन गर्ने र दमकलको व्यवस...
धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने

धनकुटाका ६० वटै वडामा नेकपाले बृक्षरोपण गर्ने

धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मिृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मिृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटि धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको ने...
बरण्डाबाट लडेर एक जनाको मृत्यु

बरण्डाबाट लडेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा गएराती घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बरण्डाबाट लड्दा बेलबारी–१ का ३५ बर्षीय राजकुमार धितालको मृत्यु भएको हो । राती करिव ९ बजे आफनै घरको बरण्डाबाट लडेर धिताल बेहोस भएका थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित नोवेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिब सवा १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी

धनकुटाको जीतपुर बजारमा सीसीटीभीबाट थालियो निगरानी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउँन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले ज...
बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१२ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १० बोतल DIALEX DC र २० ट्याबलेट NITRAVET  चक्कीसहित आज दिउँसो साँढे १२ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ बर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय सुनाएर पनि फरार रहेका त्रियुगा नगरपालिका–६ का ३३ बर्षीय देव राईलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले २०७१ साउन १७ गते जबरजस्ती करणी मुद्धामा राईलाई ५ बर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए । उनलाई आज बिहान करिब ११ बजे पक्राउ गरेर तोकिएको सजाय भु...
३ बर्षे बालकको शव कुलोमा

३ बर्षे बालकको शव कुलोमा

मोरङ । मोरङको केरावारी गाउँपालिका–७ मा ३ बर्षे बालकको शव कुलोमा भेटिएको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई केरावारीस्थित मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन मृत फेला परेका हुन् । घर नजिकै रहेको पानीको कुलोमा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । बिहिवार राती साँढे ९ बजे बालक कुलोमा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली घटनास्...
सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको ट्रान्समिटरको पोलमा नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा देवानगंज–२ मुसरी टोलका २० बर्षीय महबुज अन्सारीको मृत्यु भएको हो । बिहिबार साँझ ५ बजे बिजुलीको ट्रान्समिटरको पोलमा चढेर नेटको तार जोड्ने क्रममा करेन्ट लागेर अन्सारी वेहोस भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्याईएका उनकोे साँझ करिव ६ बजे मृत्य...
खोलाले बगाउँदा बृद्धको मृत्यु

खोलाले बगाउँदा बृद्धको मृत्यु

झापा । झापाको अर्जुनधारामा खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा अर्जुनधारा–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । बुधवार साँझ साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्किदै गर्दा बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा बस्नेतलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका बस्नेतको खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६ सय मिटर तल उनक...
धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटा । नेपाल टेलिकमको सर्भर ह्याक गरी अबैध कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धनकुटामा कार्यरत एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर दिवाकर देउजालाई सिआईबीको टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीको टोलीले धनकुटाको पाख्रीवास नगरपालिका–५ घर भएका २५ बर्षीय देउजालाई शहरी विकास कार्यालयबाट नियन्त्रणमा लिएको धनकुटाका प्...