संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आज दिउँसो बस्दैछ । प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दिउँसो २ बजे प्रदेश सभा भवनमा प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन बोलाएका हुन् ।

Advertisement

अधिवेशनका लागि प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र संसदीय पत्रकारहरुको पीसीआर परीक्षण गराइसकेको छ । परीक्षणमा दुई जना सवारी चालक, दुई सुरक्षाकर्मी र एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने र प्रदेश आर्थिक कार्यविधि ऐन दोस्रो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!