लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ। आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए।

आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो। अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उनले जानकारी गराए।

उनका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए। रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो। नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!