संगालोखबर सम्वाददाता

मोरङ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा मोरङको सुन्दरहरैंचामा प्रदर्शन गरिएको छ । नागरिक समाज सुन्दरहरैचाले प्रदर्शन गरेको हो ।

Advertisement

बिराटचोकबाट सुरु भएको विरोध जुलुशले बिभिन्न भागको परिक्रमा गर्यो । जुलुशमा सहभागिहरुले केही समय नगरपालिका घेराउ गरी ट्राफिक चोकमा आएर कोणसभा गरियो । सभालाई सम्वोधन गर्दै समाजसेवी मित्रसेन योन्जनले मूल्यबृद्धिले जनतामाथि अन्याय गरेको भन्दै सरकारले तत्काल मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताए ।

सभालाई संवोधन गर्दै रमेश रिजालले पेट्रोलियम पदार्थमा लगाइएको कर के मा खर्च भइरहेको छ भनेर छानविन गर्नुपर्ने बताए । त्यस्तै, जयप्रशाद सिटौलाले पार्टीभन्दा माथि उठेर देशमा आईपरेको समस्या समाधानका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।

सरकारले मूल्यबृद्धि फिर्ता नगरेमा थप आन्दोलन चर्काउँने कार्यक्रम संयोजक उद्धब सुवेदीले चेतावनी दिए । विरोध जुलुशमा दर्जनौं मानिस सहभागि थिए । उनीहरुले मूल्यबृद्धिविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement