
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को शव निकालिएको छ । उनको शव आज निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले लेखेको हो ।
बिहीबार आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए । प्रतिकूल मौसमका कारण उनको शव निकाल्न सकिएको थिएन ।
एपिसीका अनुसार निम्सको शव ५ हजार ७ सय मिटर उचाइमा फेला परेको थियो । त्यहाँबाट उनको शवलाई आजै जापानी क्याम्पसम्म ल्याउने तयारी छ । निम्सको शव नजिकै अरू तीन जनाको शव रहेको पनि बिबिसीले उल्लेख गरेको छ ।
उनीहरू मृतक १० जनामध्ये को-को हुन् भनेर चाहिँ पहिचान हुन बाँकी छ । एसिपीले अत्यन्त कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम र ठाडो भीरका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ ।

संगालोखबर 













