इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा तातो चिया जीउमा पोखिँदा एक बालिका गम्भीर घाइते भएकी छिन् ।

स्थानीयवासी जीवन चौधरीकी डेढ वर्षीया बालिका लिजाकुमारी चौधरीको जीउमा तातो चिया पोखिँदा गम्भीर घाइते भएकी हुन् ।

Advertisement

बिहीबार चिया बनाएर घरको टेबुलमा राखेको र सोही चिया बालिकाको जीउमा पोखिएपछि गम्भीर घाइते भएको स्थानीयवासी भागवत ठाकुरले जानकारी दिए ।

चिया पोखिँदा घाइते भएकी लिजालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासी ठाकुरले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement