चराहरु आफैं उड्न सक्छन् । तर, यो तस्बिरमा हेर्नुस दर्जनौंको संख्यामा चरालाई एउटा बिमानको महंगो सिटमा राखेर यात्रा गराइएको छ । यो कुन महापुरुषले गरेको हो भन्ने पुष्टी नभइसके पनि यसमा साउदी राजकुमारको हात हुन सक्ने धेरैले अड्कल काटेका छन् ।

Advertisement

सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले ८० वटा बाजले अन्य यात्रुसँगै बिमानमा यात्रा गरेको तस्बिर पोष्ट गरेका हुन् । ‘लेन्सु’ नामका ती प्रयोागकर्ताले आफूलाई एक क्याप्टेन मित्रले सो तस्बिर उपलब्ध गराएको जानकारी दिएको अनलाईन खबरमा समाचार छ ।

बाजहरु यताउता उड्न नसकुन् भनेर सबैको पखेटालाई डोरीले बाँधिएको थियो । यो कतार एयरवेजको उडान भएको विश्वास गरिएको छ तर पुष्टि भएको छैन । त्यसो त मध्यपूर्वका एयरलाइन्समा बाजलाई उडाउनु सामान्य अभ्यास हो । कतार एयरवेजले इकोनोमी क्लासमा बढिमा ६ वटा चरालाई यात्रा गराउन अनुमति दिन्छ । गन्तव्यलाई हेरेर एउटा चरालाई उडाउन १ सय १२ डलरदेखि ६ सय २५ डलरसम्म पर्छ ।

यी चराहरुलाई शिकारका लागि ओसारपसार गरिने बुझिएको छ । प्रत्येक चराहरुलाई एउटा सिट छुट्याइएको हुन्छ र तिनीहरुलाई कपडामाथि राखिन्छ, ताकि कुनै दुर्घटना नहोस ।

इतिहाद एयरलाइन्सले पनि चराहरुलाई यात्रा गराउँछ । यसको वेवसाइटमा लेखिएको छ, ‘हामी सबै आवश्यक कागजात पुरा गरेर आएको खण्डमा बिमानको मुख्य क्याबिनमा बाजहरुलाई यात्रा गराउन सक्छौं ।’

बाजलाई संयुक्त अरब इमरेट्सको एउटा प्रतिक चिन्ह मानिन्छ र तिनीहरुलाई यात्राका लागि पासपोर्ट दिनेसमेत व्यवस्था छ ताकि तस्करी हुन नसकोस ।

रेडिटमा हालिएको तस्बिरले धेरै किसिमको प्रतिक्रिया बटुलेको छ । केहीले यसमा आश्चर्य व्यक्त गरेका छन् भने केहीले रमाइलो मानेका छन् । एक जनाले लेखेका छन्, ‘यो कुनै गल्फ देशका शाही परिवार शिकारका लागि जाँदा खिचिएको तस्बिर हुन सक्छ । गल्फको नियमित उडानमा चरालाई यात्रा गराइनु सामान्य हो ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘के यिनीहरुलाई थाहा छैन, बाज आफैं उड्न सक्छ ?’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!