दुनियाँका केही वैवाहिक संस्कारहरु निकै अनौठा तथा झ्वाट्ट सुन्दैमा नपच्ने खालका लाग्छन् । पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा प्रचलित विवाह संस्कार पनि निकै हैरान गराउने खालको छ ।

बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कार अन्तरगत पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् । यस्तो चोरी बिहे उक्त आदिवासी समुदायमा एक पहिचान नै बनिसकेको छ ।

Advertisement

यो संस्कार अनुसार उक्त समुदायमा पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले नै हुन्छ । तर दोश्रो बिहे गर्नका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्दछ ।

यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एक महोत्सव नै हुन्छ, जसलाई गेरेबोल भनिन्छ । उक्त महोत्सवका क्रममा पुरुषहरु अनुहारमा रंग लगाएर आउँछन् र विवाहित महिलाहरुलाई फकाउने कोसिस गर्दछन् ।

यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् वा त्यसको सुइँको पनि नपाओस् ।

विवाहित महिला फकाउने पुरुषसँग पोइल जान राजी भएपछि उक्त पुरुष ती महिलालाई लिएर त्यहाँबाट भाग्दछ । पछि समुदायले नै खुसीयालीसाथ ती दुईजनाको बिहे गराइदिन्छ । त्यसरी हुने चोरी बिहेलाई प्रेम विवाहको रुपमा स्विकारिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!