काठमाडौं । सामाजिक सञ्जाल सगुनले आज (बिहीबार)बाट सर्वसाधारणको लागि मिनि आइपिओ अर्थात् सानो परिमाणमा प्राथमिक सेयर निष्कासन गरिरहेको छ । सञ्जाल सञ्चालक कम्पनी सगुन इन्कले २१ प्रतिशत अर्थात् ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२ करोड डलरको ) सेयर जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्ने सेयरमा देश भित्रका नेपालीले भने लगानी गर्न सक्ने छैनन् तर विदेशमा रहेका नेपालीले भने चाहेको परिमाणसम्म सेयरमा लगानी गर्न पाउँने छ । प्रतिकित्ता २ सय ९९ डलर रहेको सेयरमा न्युनत्तम १३ कित्ता आवेदन दिन सकिने छ ।

Advertisement

‘हामीलाई दुबई, कोरिया, भारत लगायतका देशमा काम गरिरहनु भएको नेपाली दाजुभाई दिदीबहिनीले पनि बरु घरमा टिभी नपठाएर भएपनि सेयरमा लगानी गर्ने इच्छा भएको बताइरहनु भएको छ,’ सगुनका प्रतिनीधि अजयबाबु शिवाकोटीले भने ।
लगानी गर्न चाहनेलाई अघिकत्तमको सीमा राखिएको छैन् ।

नेपालीले बिदेशमा लगानी गर्न पाइने व्यवस्था नभएकोले बिदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेको र बैंक खाता भएका नेपालीले मात्र लगानी गर्न पाउनेछन् । सेयरमा लागनी गर्न डब्लुडब्लुडब्लु डट सगुनडट कम÷इन्भेष्ट मार्फत् आवेदन गर्न सकिने छ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई लाइभ कलबाट पनि निर्देशित वा सहयोग गर्ने गर्छ ।

सगुनले यसअघि गरेको सोधमा लगभग ४ हजारले ७ करोड डलरसम्म आवेदनको इच्छा व्यक्त गरेको पाइएको उल्लेख गरेको छ । कम्पनीलाई सेयर जारी गर्न अमेरिकी धितोपत्र कारोबार आयागले अनुमती दिएको हो भने त्यहाको जब्स एक्ट २०१२ को प्रावधान अनुसार सेयर निष्कासन हुन लागेको हो । कम्पनीले जारी गर्ने सेयर तत्काल भने अमेरिकी सेयर बजारमा सूचीकृत हुने छैन् । तर यसपछि गर्ने प्राथमिक सेयर निष्कासन लगत्तै भने अमेरिकी सेयर बजारमा कम्पनीको सेयर सूचीकृत हुने भएको छ ।

हाल यस कम्पनीको मूल्यांकन ९ करोड ३० लाख डलर बराबर रहेको छ भने प्रतिसेयरको मूल्य२३ डलर रुपैयाँ छ । कम्पनीले केही महिनामा भारतबाट विश्वव्यापी रुपमा मोबायल एप्लिकेशन पनि सार्वजनिक गर्ने भएको छ ।

हाल मिनि आइपीओबाट उठेको रकम कम्पनी बिस्तारमा लगाउने उल्लेख गरेको छ । कम्पनीले यसै रकमबाट उठेको करिब ३० करोड रुपैयाँ नेपालमा बैदेशिक लगानीको रपमा ल्याउने भएको छ । यसबाट नेपालमा कम्पनीको लागि आवश्यक सोध केन्द्र बनाउने लगायतका काम गरिने भएको छ ।

कम्पनीले सञ्जाल प्रयोग गर्ने प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व रहने प्रणालीको बिकास गर्ने समेत स्पष्ट पारेको छ । हाल भने कम्पनीको यस्तो सञ्जाल ४ लाख २५ हजारले प्रयोग गरिरहेका छन् । प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व दिने योजना अनुसार नेपालमै रहेकाहरुले समेत पाउँने व्यवस्थाको लागि छलफल भइरहेको पनि जानकारी गराएको छ ।

कम्पनीको सञ्जालमा प्रकाशित हुने विज्ञापन आम्दानीको स्रोत को रुपमा रहेको छ । त्यस्तै, भविष्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धीत व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको बिकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!