अफगानिस्तानमा एक व्यक्ति आफ्नी श्रीमतीको दुवै कान काटेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा घर भएकी २३ वषिर्या पिडित महिलाको नाम जरीना हो । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् ।

जरीनाले बिबिसीसित भनिन्, ‘मैले कुनै पाप गरेकी थिइनँ । थाहा छैन किन उहाँले ममाथि यस्तो गर्नुभयो ।’ जरीनाका अनुसार उनका पतिले सुतिरहेको बेला उनीमाथि हमला गरेका थिए । १३ वर्षको उमेरमा जरीनाको बिहे भएको थियो र पतिसँग सुरुदेखि नै उनको राम्रो सम्वन्ध थिएन  अनलाइन खवरमा समाचार छ । श्रीमानले उनलाई आफ्नो श्रीमानसँग भेट गर्न नदिने प्रयास गर्थे । जरीना अब यो सम्वन्धलाई निरन्तरता दिन चाहन्नन् ।

‘मेरा पति अत्यन्त शंकालु छन् । जब म आफ्नो मातापितासँग भेट्न जान्थेँ, उनी ममाथि अपरिचित व्यक्तिसँग कुरा गरेको आरोप लगाउँथे,’ उनले सुनाइन् । आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाओस भन्ने उनी चाहन्छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!