फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ ।

Advertisement

घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ ।

इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुकमा त्यस्तो वाहियात कुरा लेखेकी थिइन् । उनले आफ्नो पूर्व साथी डेभिन डायललाई उधृत गर्दै सन् २०१५ मा फेसबुकमा लेखेकी थिइन्ः मैले रक्सी पिउन पाइन र आफ्नै छोरा मारेँ ।

आफ्नो बारेमा गलत अफवाह फेसबुकमा फैलाइएको थाहा पाएपछि डायलले ह्यामोन्डलाई बेइज्जती गरेको, मनोवैज्ञानिक रुपमा आघात पार्ने दुरासयले मानसिक हमला गरेको जस्ता अभियोग लगाएर मुद्दा हाले ।

यो मुद्दामा गलत महिनामात्रै अदालतले अन्तिम फैसला सुनायो । जसमा ह्यामोन्डलाई पाँच लाख डलर नगद सजायँ गरियो । जसमध्ये अढाई लाख डायलले क्षतिपूर्ति बापत पाउनेछन् भने थप अढाई लाख जरिवानाबापत तिर्नुप्र्नेछ ।- अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!