हरेक देश र हरेक धर्ममा मान्छेको मृत्यूपछि उसको शरीरलाई जमिनमा गाडिन्छ वा जलाइन्छ । तर, योभन्दा फरक र विचित्रका परम्परा पनि संसारमा विद्यमान छन् । हामी यस्तै एउटा विचित्रको परम्पराबारे चर्चा गर्दैछौं ।

Advertisement

पपुवा न्युगिनीमा दानी नामको जाति छ । यस जातिमा मृत्यूपछि जलाउने संस्कार छ । तर अचम्म के छ भने मृत शरीरलाई पूर्णरुपमा जल्न दिँइदैन । जब शरीर आधाउधि जलिसक्छ, त्यसलाई चिताबाट निकालिन्छ र घरमा फिर्ता लगिन्छ । घरमा लगेर यसलाई विशेष तरीका अपनाएर ‘ममी’ को रुपमा सजाइन्छ ।

मृतक व्यक्तिलाई श्रद्धान्जली दिनका लागि यस्तो शैली अपनाइएको यस जातिका अगुवाहरु बताउँछन् । नयाँ पुस्ताले भने यो परम्परालाई विस्तारै छोड्दै जान थालेका छन् । यद्यपि, पुराना मानिसहरु यो परम्परामा ठूलो विश्वास राख्छन् । घरमा सजाइएका मृत शरीरलाई हेर्नका लागि टाढा टाढादेखि मानिसहरु आउने गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!