विश्वकै पहिलो नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइँदै
काठमाडौं, ६ चैत । नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।
विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्...





























