तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । “मे ...
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ, ३ माघ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जा...
डेम्बेले चीन जाने

डेम्बेले चीन जाने

एजेन्सी । इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले मिडफिल्डर मोउसा डेम्बेलेलाई बेच्ने भएको छ । टोटेनह्यामले डेम्बेलेलाई चीनियाँ सुपर लिगको क्लब ग्वान्झाउ आर एन्ड एफमा १ करोड १० लाख पाउन्डमा बेच्न लागेको हो । ३१ वर्षे डेम्बेलेको यही सिजन टोटेनह्यामसँगको सम्झौता सकिँदै थियो । तर टोटेनह्यामले अन्तर्राष्ट्रिय विदाअघि नै उनलाई चीनियाँ क्लबमा बेचेको हो । बेल्जियमका डेम्बेले बेजिङ गुवानमा जाने भनिए पनि...
शेयर बजार : सामान्य अङ्कले घट्यो

शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौँ, ३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ ...
तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभे्रपलाञ्चोक, ३ माघ । पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियान...
सुख्खा बन्दरगाहको शिलान्यास

सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ, ३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबा...
छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

काठमाडौँ, ३ माघ । महिला तथा सामाजिक समितिले छाउपडी बस्न बाध्य बनाउने व्यक्ति, समूह वा कुनै पनि सङ्घसंस्थालाई कानूनको दायरामा ल्याई कारवाही गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश दिएको छ । ‘छाउपडी प्रथा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाउन’ सिंहदरबारस्थित समितिको कार्यालयमा आज आयोजित बैठकमा समितिले तसर्थ, छाउपडी बस्न बाध्य बनाउने, यस्ता कुरी...
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताक...
बदलीः हल्का वर्षा हुने

बदलीः हल्का वर्षा हुने

काठमाडौँ, ३ माघ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । राति आकाशमा बादल ल...
बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा, ३ माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय प...
हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्ला, ३ माघ । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले...
गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

नुवाकोट, ३ माघ । जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँदै आएको छ । पशु अधिकारका विषय नउठ्दै बट्टाइ, लुइँचे र कुखुराको भाले जुधाउने नेपाली परम्परानुसार हिउँदमा घाम ताप्...
विवाहमा आउनेले गणितको परीक्षा पास गर्नुपर्ने

विवाहमा आउनेले गणितको परीक्षा पास गर्नुपर्ने

यो दुनियाँमा जिनियस मानिसको कमी छैन । एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पार्दैछिन् । बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् । उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने ...
बच्चा हेर्न पाँच दिन तलबी बिदा

बच्चा हेर्न पाँच दिन तलबी बिदा

उलानबाटोर, २ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ । विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् । सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो । रोग...
कालिगण्डकी किनारमा बस खस्यो : तीन जनाको मृत्यु, ३५ घाईते

कालिगण्डकी किनारमा बस खस्यो : तीन जनाको मृत्यु, ३५ घाईते

म्याग्दी, ३ माघ । म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत जिल्ला अस्पताल पठाईएको घटनास्थलमा उद्धारको लागि पु...
टिमुरको तेल विदेशमा पनि

टिमुरको तेल विदेशमा पनि

सल्यान, ३ माघ । सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर...
६ घन्टाभन्दा कम निदाउनेलाई हृदयरोगको खतरा

६ घन्टाभन्दा कम निदाउनेलाई हृदयरोगको खतरा

एजेन्सी– यदि तपाईं राति ६ घन्टाभन्दा कम समय निदाउने गर्नुभएको छ भने त्यो तपाईंका लागि हानिकारक हुन सक्छ । एक अध्ययनमा बताइएअनुसार जो मान्छे सातदेखि आठ घन्टासम्म निदाउँछन्, तिनीहरुको तुलनामा ६ घन्टाभन्दा कम निदाउने मान्छेमा हृदयसम्बन्धी रोगको खतरा बढी हुन्छ । यो अध्ययन अमेरिकन कलेज अफ कोर्डियोलोजी’ मा प्रकाशित भएको छ । यसमा बताइएअनुसार यदि तपाईं राम्रोसँग निदाउनुहुन्न भने एथिरोस्क्वलेरोसिस नामक ...
ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

काठमाडौँ, २ माघ ।  काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा...
मानव बेचबिखन गर्नेलाई कैद फैसला

मानव बेचबिखन गर्नेलाई कैद फैसला

नुवाकोट, २ माघ । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएक...
प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौँ, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीला...
आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशु मार्ने आमा पक्राउ

काठमाडौँ, २ माघ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ...
दुई वर्षमा पुनः निर्माणको काम सकिने

दुई वर्षमा पुनः निर्माणको काम सकिने

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ...
झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा, २ माघ । झापामा ६५ बर्षीया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै झापा गाउँपालिका–२ का १९ बर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति १० बजे बृद्धालाई जबरजस्तीकरणी गरेको बताईएको छ । घटनाको जानकारी पाएर ईलाका प्रहरी कार्यालय कुमोरखोदबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भई...
शेयर बजार  सात विन्दुले घट्यो

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । स्टकक...
चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो । चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो । धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ । अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ ।
भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

काठमाडौँ, २ माघ । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा गोविन्द केस...
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी, २ माघ । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले ...
बर्दियामा प्रहरीले चलायो गोली

बर्दियामा प्रहरीले चलायो गोली

 काठमाडौं, २ माघ ।प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् । यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको ...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

नारायणपुर, २ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका छन् । कर्मचारी सङ्घर्ष समितिले भोलिदेखि आकस्मिक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान...
औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

काठमाडौँ, २ माघ । औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औँ बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक सम्पन्न भएको थियो । आज अपराह्न बस्ने परिषद्को बैठकमा स्वास्थ्यमन्त्री यादवसम...
प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदे...
error: Content is protected !!