डोटी, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ ।
तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताउनुभयो । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए ।
सो टेम्पो सात दिन भित्रमा कैलाली पठाउनु भन्ने क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाको निर्देशनपछि नियन्त्रणमा लिएर पठाउने तयारी भईरहेको प्रमुख धामीले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा सो टेम्पो सञ्चालनको अनुमती नभएकाले टेम्पो सञ्चालकले ट्रकमा लोडगरी दिपायल ल्याएर चलाउदै आएका थिए ।