कावासोती, ९ माघ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।

Advertisement

काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा  दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!