गौशाला, ९ माघ ।  भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!