विदेशबाट फर्केर कुखुरापालन
गलकोट, २२ फागुन । बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थाल्नुभएको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उहाँहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।
नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्कनुभएका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गर्...






























