इलाम।   इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

Advertisement

गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग गरेको आन्दोलनरत दलहरूले आरोप लगाएका हुन् ।

राजेन्द्र केरुङको संयोजकत्वमा १५ सदस्यीय गठबन्धन दलहरूको विज्ञप्तिमा भनिएको छ– ‘अल्पसङ्ख्यक जाति भनेको को हो ? निर्वाचित अध्यक्षले बुझ्नुपर्ने’ उल्लेख गरेका छन् । आरोपको स्पष्टिकरण नआउञ्जेलसम्म तालाबन्दी जारी राखिने विज्ञप्तिमा उल्लेखे छ ।

दलगत स्वार्थमा फसेर अधिकारको दुरुपयोग गरी दुई व्यक्तिलाई अल्पसङ्ख्यक वान्तवा हुन् भन्दै प्रमाणित गरेको वडा नं ३ का वडाध्यक्ष नरबहादुर लावतीले भने – “अध्यक्षज्यू दलगत स्वार्थमा फस्नुभयो”,उनले थपे – “हामीले पाएको अधिकारसमेत हस्तक्षेप भएको छ ।”

गाउँपालिका अध्यक्ष राईले भने, “बिनास्वार्थ सिफारिस गरेको हो ।मैले ठूलो गल्ती गरेको छैन”, अल्पसङ्ख्यक जातिबाटै मैले मनोनीत गरेको हुँ ।”

आन्दोलनरत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायत पाँच दलले आन्दोलन सङ्घर्ष समिति नै गठन गरेर ताला लगाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!