Advertisement

नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको अभिभावकले देखेपछि दिएको सूचनाको आधारमा बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि केही आधार पाइएकाले मुद्दा नै दर्ता गरी कारबाहीका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!