काठमाडौं।दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेको उनका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए।

लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिए पनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए।

सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!