अंग्रेजी भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड
काठमाडौँ, ५ फागुन । विभिन्न मुलुकमा अंग्रेजी भाषाको विकासमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले उक्त भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड दिनुभएको छ ।
अंग्रेजी भाषाले विश्व परिवेशलाई सम्पर्क भाषाका रुपमा जोड्ने हुँदा सरल प्रयोगका लागि पछिल्लो पटक विकास भएका प्रविधि प्रयोग गनुपर्ने बताइएको छ ।
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा यही फागुन ३ गतेदेखि आजसम्म ज्ञानेश्वरस्थि...





























