दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य : पाकिस्तानी प्रधानमन्त्री अब्बासी
काठमाडौँ, २२ फागुन। पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सह...






























