प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान

विराटनगर, १७ फागुन । होली पर्वको शुभअवसरमा विराटनगरस्थित प्रदेश नं १का प्रदेश प्रमुखको कार्यालयले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले कार्यक्रममा सहभागी हुनुभएका महानुभावसँग अबिर खेलेर होली पर्व मनाउनुभयो । उक्त अवसरमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशका ...
रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

रंग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

भक्तपुर, १७ फागुन । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ...
दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

दुई लाख नेपाली महिला दासतापूर्ण यौन शोषणको सिकारमा

काठमाडौँ, १७ फागुन । माइती नेपालले जनाए अनुसार दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका छन ।  बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार बनेका जनाएको हो । माइती नेपालका अनुसार बेचिएकामध्ये महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत पीडित छन् । प्रत्येक दिन असुरक्षित रूपमा...
पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ

नुवाकोट, १७ फागुन ।  पाचौँ नुवाकोट महोत्सव बुधबारदेखि शुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं प्रदेश उपसभामुख राधिका तामाङले अबको पालो आर्थिक विकासको भएकाले महोत्सव त्यसका लागि सहयोगी हुने बताउनुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा ३ नंं प्रदेशस्तरीय अवलोकनकर्ता सहभागी ग...
मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

नेपालगन्ज, १७ फागुन । धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो । आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँ...
चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लग...
विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )

काठमाडौं, १७ फागुन ।  नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो। विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गर...
तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

तीन लाखमा बलात्कार मुद्दा मिलापत्र

काठमाडौं, १७ फागुन । काठमाडौं र इटहरीमा बलात्कार मुद्दा मिलेमतोमा मिलाइएको घटना सेलाउन नपाउँदै मुगुमा पनि बलात्कार मुद्दा तीन लाखमा मिलाइएको छ । मुगुको सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गराइएको हो । गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि मात्रै...
वाम गठबन्धन र फोरमबिच आज पुनः बैठक

वाम गठबन्धन र फोरमबिच आज पुनः बैठक

काठमाडौँ, १७ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित हिजो साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो । बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविध...
सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

सरकार-फोरमबीचको वार्ता विनानिष्कर्ष टुंगियो

काठमाडौं, १७ फागुन । सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श...
प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

प्रदेश मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ

  प्रदेश १ : सरकार विस्तारमा मुख्यमन्त्री राईलाई नै चासो नै छैन काठमाडौं, १७ फागुन । गठन भएको दुई साता भइसक्दा पनि प्रदेश १ को सरकारले पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा मुख्यमन्त्री शेरधन राईले नै चासो नदिएको स्रोतको भनाइ छ । आवश्यक कानुन निर्माण भइसकेपछि मन्त्री र मन्त्रालयले परिणाममुखी काम गर्न सक्ने भएकाले सकेसम्म मन्त्रिपरिषद्लाई ढिलै पूर्णता दिने राईको योजना छ । ३ फागुनमा...
प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्...
राष्ट्रपतिबाट होलीको शुभकामना

राष्ट्रपतिबाट होलीको शुभकामना

काठमाडौँ, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस म...
आज फागु पूर्णिमा: हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा: हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकम...
युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

संयुक्त राष्ट्रसंघ, १६ फागुन। सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको अर्काे एक समाचार छ । उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन । उनीलाई आवश्यक मानवीय सहाय...
कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्वमा चर्चा

कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्वमा चर्चा

काठमाडौं, १६ फागुन ।  संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ ।  त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको हो । राजनीतिमा सबै सम्भावना सम्भव भएकोले नै यसलाई सम्भावनाको खेल पनि मानिन्छ । तर राजनीतिमा सौन्दर्यसमेत थप मुखरित भएको एउटा उदाहरण दक्षिण कोरियामा हालै भेटिएको छ । कोरियाली प्रायद्वीपमा शीतकालीन ओलम्पिकले सौन्दर्यको ...
नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

काठमाडौँ, १६ फागुन । गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका स...
मानहानी मुद्दामाथिको आदेश सच्याउन आग्रह

मानहानी मुद्दामाथिको आदेश सच्याउन आग्रह

काठमाडौँ, १६ फागुन । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत भएकाले त्यसलाई सच्याउन आग्रह गरेको छ । महासंघले आज एक विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन/प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ हुने भन्दै त्यस्तो बन्देजका विरुद्ध उभिने दृढता व्यक्त ...
एन्फालाई पूर्वाधार निर्माणका लागि जापान सरकारको ७४ लाख सहयोग

एन्फालाई पूर्वाधार निर्माणका लागि जापान सरकारको ७४ लाख सहयोग

काठमाडौँ, १६ फागुन ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि रु ७४ लाख सहयोग गर्ने भएको छ । जापानी दूतावासद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनु...
गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

चितवन, १६ फागुन । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक ...
प्रम ओली आफ्नै रचनामा रमाउँदा…(५ तस्विरमा )

प्रम ओली आफ्नै रचनामा रमाउँदा…(५ तस्विरमा )

काठमाडौँ, १६ फागुन ।  म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर... । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा/युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहनुभयो । राष...
श्रीदेवीको अन्तिम संस्कार बुधबार अपराह्न हुदै

श्रीदेवीको अन्तिम संस्कार बुधबार अपराह्न हुदै

मुम्बइ, १६ फागुन । गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ । उहाँको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट शवयात्रा सुरुहुने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला...
सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

रत्ननगर, चितवन, १६ फागुन । सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले चितवनको भरतपुरस्थित चौविसकोठीमा उक्त घटनाको विरोध गर्दै मंगलबार साँझ मृतकको सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरुले सिरियामा भइरहेको पछिल्लो आक्रमणको विरोधसमेत गरेका थिए । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले ध्यान द...
प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

महेन्द्रनगर, धनुषा, १६ फागुन ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ । संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा य...
वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर, चितवन, १६ फागुन ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत नि...
नेपालको सहमति बिना भारतीय पक्षले महाकालीमा बनायो चार पुल

नेपालको सहमति बिना भारतीय पक्षले महाकालीमा बनायो चार पुल

दार्चुला, १६ फागुन ।  भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षे...
बेल्झुण्डीमा रंगशाला निर्माणका लागि ३४ करोड बजेट विनियोजन

बेल्झुण्डीमा रंगशाला निर्माणका लागि ३४ करोड बजेट विनियोजन

दाङ, १६ फागुन । बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा स...
दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको मुद्दा बन्द भएको जानकारी

दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको मुद्दा बन्द भएको जानकारी

दुबई, १६ फागुन ।  दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उहाँकोे परिवारलाई हस्तान्तरण गरेको छ । परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उहाँको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ । भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेल...
बुद्धवचनको महत्व विश्व कीर्तिमानबाट कायम हुने

बुद्धवचनको महत्व विश्व कीर्तिमानबाट कायम हुने

काठमाडौँ, १६ फागुन । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ । मुलुकको गौरवका रुपमा रहेको बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देशसहित यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो । विश्व कीर्तिमान परि...
विश्वकप छनोट अभ्यास खेल: नेपालद्वारा यूएई ५ विकेटले पराजित

विश्वकप छनोट अभ्यास खेल: नेपालद्वारा यूएई ५ विकेटले पराजित

काठमाडौं, १५ फागुन । विश्वकप छनोटको अभ्यास खेलमा नेपालद्वारा यूएई ५ विकेटले पराजित भएको छ । २९ ओभरमा छोट्याइएको खेलमा यूएईले १७२ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले अन्तिम चार बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो रहेन । १६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेका थियो । थप ३० रन जोड्दा कपतान पारस खड्का पनि व्यक्तिगत २८ रनमा आउट भए ...
सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

काठमाडौँ, १५ फागुन ।  सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् । सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्द...
error: Content is protected !!