बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
कपिलवस्तु २५ फागुन । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बु...






























