वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युत्मा सरकारी लक्ष्य पूरा हुने

वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युत्मा सरकारी लक्ष्य पूरा हुने

काठमाडौँ, १८ फागुन । मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिएको हो । सरकारले अगाडि सारेको १० वर्षमा १० हजार मेगावाट क्षमताको आयोजना विकासका लागि भने करिब रु ३० खर्ब रकम आवश्यक पर्ने देखि...
प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनु...
मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

मन्त्रालयको पुनःसंरचना गर्दै सरकार

काठमाडौँ, १८ फागुन ।  सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिनुुभयो । सरकारले ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले ‘नेपाल सरक...
ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउँदै

ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउँदै

 काठमाडौं, १८ फागुन। पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। अब्बासी २१ गते आउने र २२ गते फर्कने कार्यक्रम छ। अब्बासीको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए । अब्बासी भ्रमणका थप कार्यक्रमबारे खुलाइएको छै...
भाइबरद्वारा अहिलेसम्मकै ठूलो ग्रुप च्याट कम्युनिटी घोषणा

भाइबरद्वारा अहिलेसम्मकै ठूलो ग्रुप च्याट कम्युनिटी घोषणा

काठमाडौं, १८ फागुन । भाइबरले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ । भाइबर कम्युनिटी च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको छ । यस ग्रुपका सदस्यहरु कमेन्ट र प्रतिक्रियामार्फत अन्तर्क्रिया गर्न सक्नेछन् । त्यस्तै ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्‍ट्रिमलाई मनिटाइज गर्नसमेत सक्नेछ । कुनै समय म्यासेजिङ मार्केटमा ह्वाट्सएपसँग रहेको राकुटेनले सन् १०१४ मा ९ ...
होली कार्यक्रममा सहभागी एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या

होली कार्यक्रममा सहभागी एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या

धनगढी, १८ फागुन । कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताउनुभयो । खुकुर...
छाउपडी प्रथाले अझै प्रश्रय पाउँदै

छाउपडी प्रथाले अझै प्रश्रय पाउँदै

कञ्चनपुर, १८ फागुन।  परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको कुप्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ ...
विप्लव माओवादीको कारण सलमान खानको नेपाल भ्रमण स्थगित

विप्लव माओवादीको कारण सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । भारतीय अभिनेता सलमान खान ‘द ब्याङ्ग द टुर’का सिलसिलामा फागुन २६ गते नेपाल आउने कार्यक्रम तय भएको थियो । तर, हालै मात्र विप्लव माओवादी निकट एक संगठनले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्तिले धे...
दोलखामा ४.६ रेक्टरको परकम्प

दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रे...
काँग्रेसले परिवर्तन खोजेको छ: नेता सिटौला

काँग्रेसले परिवर्तन खोजेको छ: नेता सिटौला

काठमाडौँ, १८ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उहाँले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताउनुभयो । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उहाँले ...
‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

मस्को, रसिया, १८ फागुन । रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बताउनुभएको छ । यही मार्चमा हुन गईरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको शिलशिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, “मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही बर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न ...
जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

जाजरकोटमा प्रहरीद्वारा नौ थान हतियार बरामद

जाजरकोट, १८ फागुन ।  प्रहरीले जनीचाँदे गाउँपालिका–११ कोताङमा  नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी तीन ...
विष खुवाएर आफ्नै श्रीमानको हत्या

विष खुवाएर आफ्नै श्रीमानको हत्या

खजुरा, बाँके, १८ फागुन ।  बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेल...
तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

काठमाडौं, १८ फागुन । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व ...
ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

रत्ननगर, चितवन, १८ फागुन। सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । गणका सशस्त्र प्रहरी नायब निरीक्षक...
पौडी खेल्न जाँदा नदीमा बेपत्ता

पौडी खेल्न जाँदा नदीमा बेपत्ता

चितवन, १८ फागुन।  फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जना...
हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला सदरमुकाममा हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ ला...
दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी

काठमाडौं, १८ फागुन । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फ...
चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

दार्चुला, १८ फागुन ।  आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् । संघर्ष समितिले आयोजना...
वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, १८ फागुन । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धन...
डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ ...
संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौँ, १७ फागुन ।  नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुनुपर्ने संविधानको मौलिक हकको कार्यान्वयन गर्न शिक्षा अधिकारसम्बन्धी अलग्गै कानून बन्...
सिरियाको घटनाप्रति प्रलेसको निन्दा

सिरियाको घटनाप्रति प्रलेसको निन्दा

काठमाडौँ, १७ फागुन ।  प्रगतिशील लेखक संघले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थका कारण सिरियमा हिंसात्मक घटना भई सयौँ निर्दाेष नागरिकको ज्यान गएको भन्दै त्यसको निन्दा गरेको छ । संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आज विज्ञप्ति जारी गरी सिरियालाई संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति केन्द्रको व्यापारिक स्वार्थको क्रिडास्थल बनाइएको जनाउँदै दिगो शान्ति र संवाद गर्न आग्...
प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह

काठमाडौँ, १७ फागुन ।  नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् । अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गर्नुभएको छ । नेपाल सरकारले हालै मात्र नगर...
लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी, १७ फागुन । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उहाँले सो उपाधि जित्नुभएको हो । शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनम...
मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

काठमाडौँ, १७ फागुन । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही...
‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३/७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताउनु...
सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा, १७ फागुन । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुन...
एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

काठमाडौँ, १७ फागुन । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ । चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । कार्यकाल सम्पन्न भएपछि उहाँलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ । जाइकाले खेलकूदको क्षेत्...
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना

काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकि...
सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

सतचालिस कम्पनीले १० अर्ब बढीे बोनस दिने

काठमाडौँ, १७ फागुन ।  विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्...
error: Content is protected !!