अपांगतामैत्री बन्दै राजधानीका मठ मन्दिर र कार्यालय
काठमाडौँ, २३ फागुन । नुवाकोटका प्रदीप शिवाकोटी शारीरिक रुपमा अपांगता भए पनि कम्तीमा महिनाको एकपटक भगवान्को दर्शन गर्न भद्रकाली मन्दिर पुग्छन् ।
भद्रकाली मन्दिरको संरचना अपांगमैत्री (ह्विलचेयर प्रयोग गर्न मिल्ने) भएका कारण पनि उनी त्यहाँसम्म पुग्न सकेका हुन् । “अन्य मठ–मन्दिरको तुलनामा यो भद्रकाली मन्दिर अपांगतामैत्री नै छ, ह्विलचेयर प्रयोग गरेर दर्शन गर्न सकिने हुनाले पनि म बेलाबेलामा आइरहन्छु,...





























