लहान, १ चैत । नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिनुभयो ।

खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो ।

घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!