काठमाडौ ४ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी प्रतिवेदन आज बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन आज साँझ बुझाएको हो ।

Advertisement

निर्वाचन ऐनमा उपराष्ट्रपति पदको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेअनुरुप आज सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान उपराष्ट्रपति नै आज निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ । निर्वाचित भएको मितिले पाँच वर्षको कार्यकाल हुने उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!